जनताले बनाइ दिए प्रहरी बस्ने घर

By

तुलसीपुर,फागुन ३ । इलाका प्रहरी कार्यालय तुलसीपुरको परिसरमा जनस्तर वाट पहिलो पटक सिनियर प्रहरी अधिकृत आवास गृह भवनको निर्माण गरिएको छ । तुलसीपुर क्षेत्रमा रहेका विभिन्न व्यवसायीको २० लाख आर्थिक सहयोगमा ३ कोठे भवन निर्माण गरिएको हो । भवन उद्घाटन कार्यक्रममा वोल्ने वक्ताहरुले इलाका प्रहरी कार्यालय तुलसीपुरले स्तर बृद्धि संगै पछिल्लो समयमा शान्तिसुरक्षा तथा विभिन्न जनता संग प्रहरी कार्यक्रमले गाउंगाउंमा अपराधनियन्त्रण र घरेलु हिंसा रोक्न भुमिका खेलेको भन्दै प्रसंसा समेत गरेका छन् । उनीहरुले जनता र प्रहरी विच को सम्वन्ध विना प्रहरीले एक्लै केही गर्न नसक्ने भन्दै सामाजिक काममा हातेमालो मात्रै गरेको वताएका हुन ।

भवन निर्माणका लागि तुलसीपुर क्षेत्रका विभिन्न उद्योगी, व्यापारी, यातायात व्यवसायीले सक्दो सहयोग गरेका थिए । यस क्षेत्रका जनताहरुको सहयोगी हातवाट झण्डै २० लाखको लागतमा भवन निर्माण भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् । भवन निर्माण भए पछि कोठा भाडामा लिएर बस्दै आएका अधिकृतहरु कार्यालय परिसरमै सहजरुपमा बस्न पाउने भएका छन् । यसैविच नबनिर्मित भवनको आजै एक कार्यक्रमको उद्घाटन गरिएको छ ।

भवनको उद्घाटन गर्दै अंचल प्रहरी प्रमुख तथा प्रहरी बरिष्ट उपरिक्षक प्रेम चन्दले जनताको लगानीमा निर्माण भएको भवनको उद्घाटन गर्न पाउदा ज्यादै खुशि र हर्षले विभोर भएको बताए । यो भन्दा ठूलो सहयोग प्रहरीका लागि केहुनसक्छ रु भन्दै उनले प्रहरी र जनताको सम्बन्ध कायम राख्न सधै सक्रिय र कटिबद्ध रहने बताए । जनताको सहयोग विना प्रहरी प्रशासनले एक्लै केहि गर्न नसक्ने भन्दै अपराधिक घटना नियन्त्रणका लागि जनताको सहयोग निरन्तर आवश्यक रहने र आफुले त्यसखालको सहयोगको पनि अपेक्षा गरिरहने बताए ।

सो अबसरमा इलाका प्रहरी कार्यालयको एक बर्षे कार्ययोजना अनुसार अपराधिक कृयाकलाप देखि मदिरा नियन्त्रण जस्ता रचनात्मक काममा उत्कृष्ट योगदान पु¥याएको भन्दै प्रहरी नायब निरीक्षक रामबहादुर जिसीलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । त्यसैगरी प्रहरी प्रहरी हवलदार निर्मला थापा, प्रहरी जवान तुलसीराम केसी, नुमलाल विक र देविराम घर्तिलाई पनि पुरस्कृत गरिएको थियो ।

सोअबसरमा भवन निर्माणका लागि सहयोग पु¥याउने दानदाताहरुलाई पनि प्रमाणपत्रले सम्मान गरिएको थियो । सामुदायिक प्रहरी सेवाकेन्द्रका अध्यक्ष नारायणी रजौरेको अध्यक्षतामा भएको कार्यक्रममा दाङका प्रहरी प्रमुख कुवेर कडायत, तुलसीपुर उद्योगबाणीज्य संघका अध्यक्ष बिमल रिजाल, राप्ती अंचल सार्वजनिक बस समितिका अध्यक्ष सुरेश हमाल, ने.क.पा. एमालेका जिल्ला सदस्य अमित शर्मा, बालअधिकार कर्मी नबराज लामीछाने, तुलसीपुर सरोकारमञ्चका अध्यक्ष गोपीनाथ योगी, तुलसीपुर नगरपालीका पूर्व मेयर ढुण्डीराज लामीछाने, तुलसीपुर नगरपालीका समाजकल्यान अधिकृत टोपबहादुर डाँगी, दिर्घायु पोलीक्लिनिकका अध्यक्ष विनोद शर्मा, तुलसीपुर जेसिजका अध्यक्ष सुर्य प्रसाद शर्मा, यातायात व्यवसायि यमकान्त भण्डारी, जनक प्रसाद खराल, प्रितम कुमार श्रेष्ठ लगाएतले वोल्नु भएको थियो ।

0 comments:

Post a Comment