इलाम,फागुन २ । एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीको भारत भ्रमणले दुई देशबीच देखिएको तिक्तता मेटिएर जाने बताउनुभएको छ । प्रेस चौतारी इलामले आज बिहाज इलाममा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व सभामुख नेम्वाङले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणले नेपाल र भारतबीच देखिएको असमझदारी, तिक्तता र अविश्वास अन्त्य भएर जाने विश्वास व्यक्त गर्नु भयो । साथै उहाँले जिल्लाको विकासका लागि सबै राजनीतिक दल एकढिक्का भएर अघिबढनुपर्नेमा जोड दिनुभएको छ ।


0 comments:
Post a Comment