नेपाललाई २३ वर्षपछि साग फुटबलमा स्वर्ण,भारत २–१ ले पराजित

By

काठमाडौं,फागुन ३ । भारतलाई हराउँदै १२ औं दक्षिण एसियाली खेलकुदमा पुरुष फुटबलको उपाधि नेपालले जितेको छ ।  भारतको गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा सोमवार भएको साग पुरुष फुटबलको फाइनलमा नेपालले चिरप्रतिद्वन्द्वी आयोजक राष्ट्र भारतलाई २-१ गोल अन्तरले पराजित गरेको हो। नेपालले साग फुटबलमा स्वर्ण पदक जित्न २३ वर्षपछि  हात पारेके छ ।  यसअघि १९९३ को साग फुटबलमा भारतलाई ट्राइबेकरमा ४–३ ले हराउँदै स्वर्ण पदक जितेको थियो ।

१९९९ को फाइनल पुगेर पनि हारेको नेपाल त्यसयता भने फुटबलमा पदक जित्न सकेको थिएन । भारतले खेलको ३२ औैं पेनाल्टीमार्फत गोल गर्दै सुरुवाती अग्रता लिएको थियो। तर खेलको ६५ औँ मिनेटमा नेपालका लागि प्रकाश बुढाथोकीले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसको ५ मिनेटपछि नै खेलको ७० औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाका थिए।

बाँकी समयमा दुवै टोलीले कुनै गोल गर्न नसकेपछि खेल नेपालले २–१ गोल अन्तरले जितेको हो। जितसँगै नेपालले २३ वर्ष पछि साग फुटबलमा स्वर्ण जित्दै इतिहास रचेको छ।  नेपाल सन् १९९९ पछि योपटक साग फुटबलको फाइनलमा पुगेको हो ।

0 comments:

Post a Comment