काठमाडौं,फागुन ७ । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले प्रधानमन्त्री केपी ओलीलाई भ्रमणका क्रममा खुसी पार्न विशेष सम्मान दिन भारतीय अधिकारीलाई निर्देशन दिएका छन् । ‘ओलीजीलाई सक्दो खुसी पार्नु भन्ने राष्ट्रपतिको निर्देशनअनुसार नै राष्ट्रपति भवनमा उहाँलाई बस्ने व्यवस्था मिलाइएको हो,’ दिल्लीस्थित कूटनीतिक स्रोतले भन्यो । आजको अन्नपूर्णमा समाचार छ ।
नाकाबन्दीपछिको अवस्थामा ओलीलाई उच्च महत्त्व दिएको देखाएर भारतले मन जित्न खोजेको हुनसक्ने अधिकारीहरुले बताए । भारतले प्रधानमन्त्री ओलीसहित मन्त्रीहरुलाई राष्ट्रपति भवनमा राख्ने व्यवस्था मिलाएको छ । विगतमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई भारतले उच्च सम्मान दिँदै राष्ट्रपति भवनमा राखेको थियो । प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा नेपालका विभिन्न क्षेत्रमा खर्च हुने गरी कुल ३ अर्ब अमेरिकी डलरभन्दा बढी सहयोग कार्यान्वयनको विषयले प्राथमिकता पाउने भएको छ ।


0 comments:
Post a Comment