कोइरालाको निधनपछि संस्थापनको नेतृत्व लिन चाहनेमा को-को ?

By

काठमाडौं,फागुन १ । कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा चुनावी मैदानमा ओर्लिससेका छन्।  पार्टी सभापति सुशील कोइरालाको निधनपछि संस्थापन पक्षमा कार्यवहाक सभापति रामचन्द्र पौडेल स्वभाविक उम्द्वार त हुन तर उनी ढुक्कसाथ मैदानमा अझै आउन सकेका छैनन्। कारण कोइरालाको निधनपछि संस्थापनको नेतृत्व लिन चाहनेमा पौडेल मात्र एक्ला होइनन्।

महामन्त्री प्रकाशमानसिंह सिंह र कृष्णप्रसाद सिटौला पनि नेतृत्वको प्रतिस्प्रर्धामा आफूहरुलाई जाँच्न खोजिरहेका छन्। सिटौलाले आफू पनि सभापतिको उम्मेद्धार हुने दाबी गरे । सिटौलाको प्रतिस्प्रर्धालाई पचाउन नसक्दा अर्का महामन्त्री सिहं पनि आफैँ अघि बढ्ने सुरसारमा छन्। कान्तिपुर दैनिकमा समाचार छ।

0 comments:

Post a Comment