काठमाडौं,फागुन ११ । जम्बोटोलीको नेतृत्व गर्दै ६ दिने भारत भारत भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीको दिल्ली बसाइ आजवाट सकिएको छ । भूकम्पको क्षतिपछि पुनर्निर्माण गरिएको गुजरातको भुजको अवलोकन गर्न प्रधानमन्त्री ओली आज गुजरात हुँदै मुम्बइ जाने भएका छन् ।
दिल्लीको चार दिनको बसाई महत्वपूर्ण राजनीतिक भेटघाटपछि उनी मुम्बइ जाने भएका हुन् । भुजको अवलोकनपछि मंगलबार विशेष विमानबाट गुजरात हुँदै उनी मुम्बई प्रस्थान गर्नेछन् । भारत भ्रमण सकाएर बुधबार साँझ उनी काठमाडौं फर्किने कार्यक्रम छ ।


0 comments:
Post a Comment