स्वर्ण विजेता फुटबल टोली भोली फर्कने,भब्य स्वागतको तयारी

By

काठमाडौं,फागुन ४ । दक्षिण एसियाली खेलकुद साग फुटबलमा २३ वर्षपछि स्वर्ण पदक जितेको नेपाली फुटबल टोली भोलि अपरान्ह काठमाडौं आइपुग्ने भएको छ । भारतमा जारी सागमा हिजो भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै इतिहास रचेको नेपाली फुटबल टोली भोलि स्वदेश फर्किन लागेको एन्फाले जनाएको छ । टोलीलाई भव्य स्वागत गरिनुका साथै उपत्यका परिक्रमा गरिने एन्फाले तयारी गरेको छ । भारतको गुवाहाटीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय रंगशालामा हिजो भएको फाइनल खेलमा नेपालका लागि प्रकाश बुढाथोकी र नवयुग श्रेष्ठले गोल गर्दै उत्कृष्ट जित दिलाएका थिए । यसअघि नेपालले भुटानमाथि ५–० र सेमिफाइनलमा माल्दिभ्सविरुद्ध ४–३ को जित निकाल्दै फाईनलमा स्थान बनाएको थियो । ती दुबै खेलमा नवयुगले ह्याट्रिक गरेका थिए ।

0 comments:

Post a Comment