काठमाडौं, फागुन ११ । पार्टीको १३ औं महाधिवेशनको तयारी तथा विधान संशोधन लगायतका विषयमा छलफल गर्नको लागि बोलाईएको वैठक १३ गते सम्मको लागि स्थगित भएको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकमा बोल्दै केन्द्रीय सदस्य पार्टी सभापति सुशील कोइरालाको निधनमा पार्टी र राज्य मौन रहेको भन्दै केन्द्रीय सदस्य आक्रोशित हुदै स्पष्टिकरण दिन माग गरेका छन् ।
बैठकमा बोल्दै केन्द्रीय सदस्य सूर्यमान गुरुङले भने दुई घण्टा अघिसम्म राम्ररी कुरा गरेका सभापतिको २ घण्टापछि निधन भएको खबर आएको बताए। ‘पार्टीको सभापति र देशको पूर्वप्रधानमन्त्रीको अप्रत्यासित निधनबारे पार्टी र राज्यले जवाफ दिनुपर्छ’ । कांग्रेसको १३ औं महाधिवेशन यही २० देखि २३ सम्म राजधानीमा हुँदैछ ।


0 comments:
Post a Comment