प्लास्टिक झोलाको प्रयोगमा कडाइ

By

काठमाडौं,फागुन १८ । सरकारले पछिल्लो समय प्लास्टिक झोलाको प्रयोगमा कडाइ गरेको छ । वैशाख १ गतेदेखि प्लास्टिक प्रयोगमा रोक लगाए पनि वैशाख १२ गतेको बिनाशकारी भुकम्पपछि पुनः प्लास्टिको प्रयोगमा वृद्धि भएको भन्दै कडाइ गरको हो । सरकारले दिनहुँजसो राजधानीका विभिन्न पसलहरुमा छापामार्दै ठूलो परिमाणमा प्लास्टिक नियन्त्रण गर्न थालेको छ । सरकारले प्लास्टिक झोला नियन्त्रयामा लिई दोषीमाथि वातावरण संरक्षण ऐन ०५३ को दफा १८ बमोजिम कारबाहीको प्रक्रिया अघि बढाइएको छ । ठूलो मात्रामा प्लास्टिक उत्पादन गर्ने उधोगभन्दा पनि बाहिरका साना उद्योगले मापदण्डविपरित प्लास्टिक झोला उत्पादन गर्ने गरेको पाइएको वातावरण विभागका महानिर्देशक जगदीशभक्क्त श्रेष्ठले बताउनुभयो ।

सरकारले तरकारी तथा अस्पतालको फोहोर व्यवस्थापनका लागि ठूलो आकारको प्लास्टिक झोला आवश्यक पर्ने भएको भन्दै ४० माइक्रोन भन्दा बढी र बोरा आकारको झोला उत्पादनमा भने रोक लगाएको छैन ।
प्लास्टिक झोलाले वातावरण र मानव स्वास्थ्यमा नकारात्मक असर पु-याएको भन्दै जनसंख्या तथा वातावरण मन्त्रालयले प्रतिबन्ध लगाएको हो ।

उपत्यकाका तीन जिल्ला काठमाडौ, भक्तपुर, र ललितपुरभित्र झोला उत्पादन, बिक्री वितरणदेखि आयातमा समेत रोक लगाइने छ । यस अभियानमा सहयोग नगर्ने व्यवसायी, उपभोक्ता तथा आयातकर्तालाई कारबाही गर्ने चेतावनी वातवरण मन्त्रालयले दिएको छ ।

0 comments:

Post a Comment