काठमाडौं,माघ २९ । एक भियतनामी युवतीको राहदानीमा अर्कै व्यक्ति उडेपछि विमानस्थलका कर्मचारीले आलोचना खेपिरहेका बेला त्रिभुवन विमानस्थलबाट एक महिला नाटकीय ढंगले हराएकी छिन् ।
शंकास्पद यात्रा भन्दै श्रीलंका अध्यागमनले फर्काइदिएकी नवलपरासीकी मालती विक विमानस्थल परिसरबाट माघ २४ गते गायव भईन । इन्डियन एयरलाइन्सका कर्मचारीले अध्यागमन कार्यालयलाई बुझाउन ल्याउदै गर्दा मालती हराएकी हुन् । श्रीलंका अध्यागमनले मालतीको राहदानीलगायतका कागजपत्र इन्डियन एयरलाइन्सलाई जिम्मा लगाई सोही जहाजबाट उनलाई काठमाडौं फर्काइएको थियो । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।


0 comments:
Post a Comment