काठमाडौं, फागुन १८ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नयाँ नेतृत्वका गुटगत प्रतिस्पर्धा हुने निश्चित भएको छ । भएको छ । महाधिवेशन सुरु हुन दुईदिन बाँकी रहदाँ उम्मेदवारी घोषणा भने अझै भएको छैन् । यसअघि दुईवटा गुट देखिए पनि यसपटक तीनवटा गुटको प्रतिस्पर्धा हुने देखिएको छ । संस्थापन पक्षबाट दुईवटा र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षको एउटा गुटबीच प्रतिस्पर्धा हुने देखिएको छ । संस्थापन पक्षबाट कार्यवाहक सभापति रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी दिने तयारी गरे पनि महामन्त्री कृष्णप्रसाद सिटौलासहित नेताले पनि सभापति प्रत्यासी बन्ने बताउँदै आएका छन् ।


0 comments:
Post a Comment