काठमाडौं, फागुन ६। कांग्रेस नेतृत्वका लागि वरिष्ठ नेता शेरबहादुर देउवा चुनावी मौनमा भिडिरहेका बेला संस्थापन पक्षले भने सभापतिको उम्मेदवारी अघि सार्नसम्म सकेको छैन । संस्थापन पक्षले नेतृत्वका आकांक्षीबीच सहमति गराउन नसक्दा उम्मेदवार अघि सार्न नसकिएको हो । महाराजगन्जस्थित शशांक कोइराला निवासमा बुधबार बसेको बैठकमा समेत कार्यवाहक सभापति रामचन्द्र पौडेलको नाममा सर्वसम्मत गराउने प्रयास सफल हुन सकेन ।
महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले आआफ्नो दाबी दाहोर्याएपछि संस्थापन पक्षमा उम्मेदवार तय गर्न ढिलाइ भएको हो । तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधन भएको १३ औं दिनसम्म औपारिक सहमति जुटाउने बारम्बारका प्रयास असफल भएपछि संस्थापन पक्षका नेता तथा कार्यकर्तामा निराशा छाएको छ । उनीहरुले औपचारिक तवरमा भए पनि तत्काल सभापतिको उम्मेदवार अघि सार्न नेतृत्वलाई दबाब दिँदै आएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।


0 comments:
Post a Comment