काठमाडौं,माघ १८ । बंगलादेशमा जारी यू-१९ विश्वकप क्रिकेटको समूह चरणको अन्तिम नेपाल भारतसँग पराजित भएको छ । तीन पटकको विश्वविजेता सँग नेपाल ७ विकेटले पराजित भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले दिएको १७० रनको लक्ष्य भारतले १८ १ ओभरमा ३ विकेट गुमाउदै भेटटयो । भारतका लागि रिशव पन्तले २४ बलमा ७८ रन, इसान किसानले ४० बलमा ५२ रन, सरफराज खानले अविजित २१ र अरमान जफ्फरले १२ रन बनाए । नेपालका प्रेम तामाङले दुई र सन्दिप लामिछानेले एक विकेट लिए ।
त्यसैगरी सर्फराज खानले २१ र अरमान जफरले १२ रनको योगदान दिए । नेपालका लागि नेपालका लागि ओपनर सन्दीप सुनारले ७३ बलमा ३७ रन जोडेर आउट भए । राजवीर सिंहले ६८ बलको सामना गर्दै ३५ रनको योगदान दिए । त्यसैगरी अरिफ सेखले ४४ बलमा २६ रन जोडे । नेपालका लागि नटआउट रहेका प्रेम तामाङले ४० बलमा २९ रन बनाए । त्यसैगरी सुशील कँडेल ३ रनमा नटआउट रहे । सुनिल धमला शून्यमै पेभेलियन फर्के भने योगेन्द्रसिंह कार्की ७ र राजु रिजाल ६ रनमै आउट भए । त्यसैगरी मध्यक्रमका दीपेन्द्रसिंह एेरी १ रनमै रन आउट हुन पुगे ।
नेपालका कुशल भुर्तेल पनि ६ रन बनाउँदै आउट भए ।ब्याटिङमा नेपालका लागि सन्दिप सुनारले ७३ बलमा ३७ रन, राजविर सिंहले ६८ बलमा ३५ रन, आरिफ शेखले ४४ बलमा २६ रन र प्रेम तामाङले ४० बलमा २९ रनको योगदान गरे । भारतका अभेस खानले तीन, मयंक डगर र वासिंगटन सुन्दरले दुईरदुई विकेट लिए । जितसँगै भारत समूह डीको पहिलो स्थानमा र नेपाल दोस्रो स्थानमा रहेको छ ।


0 comments:
Post a Comment