रणविरको क्याट्रिनासँगकाे ब्रेकअपको मूल्य ३४ करोड !

By

मुम्बई । विगत ६ महिनादेखि रणवीर कपुर र क्याट्रिना कैफ ‘लिभ इन रिलेसनसिप’मा थिए । ‘अजब प्रेमकी गजब कहानी’ फिल्मको सुटिङबाट झ्यांगिएको यी दुईको प्रेम बिहेअघि एक–अर्कालाई बुझ्ने माध्यम ‘लिभ इन रिलेसनसिप’ सम्म पुगेको थियो । मात्र ६ महिनाको बसाईबाट, सायद यी दुईले सँगै जीवन बिताउन नसकिने बुझेछन् ! हालै उनीहरुको प्रेम टुंगिएको छ । ब्रेकअपका बारेमा कतैबाट आधिकारिक भनाई नआइसकेपनि ब्रेकअपको हल्लापछि यी दुईलाई पछ्याइरहेको भारतीय मिडियाले सार्वजनिक गरेको केही प्रमाणका आधारमा यी दुईबीच ब्रेकअप भएको पक्कापक्की हुन्छ ।

उनीहरुको ब्रेकअपको प्रमाण मात्र सार्वजनिक भएको छैन, ब्रेकअपले यी दुईलाई लगाएको ‘नाफाघाटा’ पनि सार्वजनिक भएको छ । हालै एक भारतीय सञ्चारमाध्यममा सम्प्रेषित खबरअनुसार ब्रेकअपका कारण रणवीरलाई करिब ३३.६ करोड रुपैयाँ अर्थात् २१ करोड भारु घाटा लागेको छ ।

विगत ६ महिनाअघि रणवीर–क्याट्रिनाले लिभ इन रिलेसनसिपमा रहन एउटा फ्ल्याट भाडामा लिएका थिए । जसको भाडा नै मासिक १५ लाख भारु पथ्र्यो । त्यसका अलावा उनीहरुले फ्ल्याट लिनुअघि २१ करोड डिपोजिट राखेका थिए । फ्ल्याट सुविधा उपलब्ध गराउने कम्पनिको सर्तअनुसार फ्ल्याटको म्याद नाघिसकेपछि मात्र डिपोजिट फिर्ता पाइन्थ्यो । अफसोस ! फ्ल्याटको म्याद नाघ्नुअघि नै उनीहरुको ब्रेकअप भइदियो । बताइएअनुसार अब रणवीरले डिपोजिटको २१ करोड भारु चुकाउनु पर्ने बाध्यता छ ।

http://ift.tt/1YH7iEv

0 comments:

Post a Comment