दुबईमा एक नेपालीलाई डेढ करोड जरिवाना

By

दुबई । साइबर क्राइमको मुद्दामा दुबईमा एकजना नेपाली यहाँको अहिलेसम्मकै ठूलो मुद्दामा दण्डित भएका छन् । एक भारतीयसँग मिलेर आफैंले काम गर्ने कम्पनी इलेक्ट्रोनिक सिस्टम ह्याक गरेको अभियोगमा उनलाई दुबई अदालतले पाँच लाख दिराम (करिब डेढ करोड रुपैयाँ) जरिवाना सुनाएको छ ।
प्रहरीले पक्राउ परेका दुवै जनाको स्पष्ट पहिचान खुलाएको छैन । पक्राउ पर्नेहरुको नेपालीलाई जि.एस. र भारतीयलाई सि.एन.को नाम दिएको छ । पक्राउ परेका नेपाली उक्त कम्पनीका पूर्वम्यानेजर हुन् भने भारतीय सेल्सम्यान हुन् । अदालतले दुवैलाई बराबरी जरिवाना तोकेको छ ।

स्थानीय सञ्चारमाध्यमहरुका अनुसार दुवैलाई जरिवानासहित एक एक वर्षको जेल सजायँ सुनाएको छ । जेल सजायँपछि उनीहरुलाई आ–आफ्नो देश फिर्ता पठाउने न्यायाधीशले जनाएका छन् । पीडित कम्पनीका प्रमुखले इलेक्ट्रोनिक सिस्टम ह्याक गरी सूचना चोर्दै कम्पनीको छबि धुमिल बनाएको आरोप लगाएका छन् ।
उनीहरुले कम्पनीको गोप्य तथ्यांकहरु चोरेर प्रतिस्पर्धी कम्पनीलाई पठाएको अदालतले ठहर गरेको साझापोष्टमा समाचार छ । स्थानीय कानुनअनुसार उनीहरुले फैसला चित्त नबुझेमा १५ दिनभित्र पुनरावेदन गर्न सक्छन् । स्थानीय सञ्चारमाध्यमहरुले गल्फ राष्ट्रहरुमा साइबर क्राइमको आरोपमा सुनाइएको यो नै सबैभन्दा ठूलो जरिवानाको रुपमा खबरहरु प्रकाशित गरेका छन् ।

0 comments:

Post a Comment