वीरगञ्ज,माघ १५ । लामो समयदेखि बन्द रहेको मुख्य नाका वीरगन्ज–रक्सौल नाका आज बिहानदेखि खुलेको छ । पूर्ण र घोषित रुपमा नाका नखुलेपनि अघोषित रुपमा नाका खुलेको छ । धर्नामा बसेको थोरै आन्दोलनकारीले कुनै अवरोध नगरेपछि बिहान मालवाहक ट्रक आहोर दोहोर गरेका छन् । मेशिनरी लगायत विभिन्न समानहरु लोड गरिएका ५ वटा ट्रक रक्सौलबाट नेपाल प्रवेश गरेका छन् भने महिनौंदेखि बीरगंज भन्सारमा रहेको ४ वटा भारतीय खाली ट्रक रक्सौल फिर्ता गएको छ ।
धर्नास्थलमा एकजना पनि आन्दोलनकारी नभएको अवस्थामा स्थानीय व्यापारीहरुले आज बिहान एक घन्टाको लागि नाका खुलाएका हुन् । यस्तै शुक्रबार बिहान वीरगन्ज तर्फबाट पनि सातवटा भारतीय खाली ट्रक मितेरी पुलबाटै रक्सौलतर्फ लागेका छन् । शुक्रबार बिहानदेखि जीप, कार लगायतका चार पाङग्रे साना सवारी सधानका साथै टयाम्पो, रिक्सा र टाँगाहरु पनि धर्नास्थलबाटै निर्वाधरुपमा भन्सारबाट आवतजावत गरेका छन् ।
मोर्चाले भने आफूहरु नभएको मौका पारि गाडीहरु छिरेको दाबी गरेका छन् । मोर्चाले आधिकारिक रुपमा नाकाको धर्नाबारे केही नबोले पनि आन्दोलनको स्वरुप बदल्ने भन्दै मोर्चाले तयारी गरेपछि कायकर्ताले नाकामा धर्ना छाडेका हुन् । युवा गठबन्धनका अध्यक्ष इश्वर यादवको नेतृत्वमा पुगेको टालीले पुनः नाका ठप्प पारेको छ ।


0 comments:
Post a Comment