राष्ट्रिय अनुसन्धान बिभागमा अधिकृत र सहायकमा ७५ जना माग

By

काठमाडौं,माघ १८ । गृह मन्त्रालय मातहतको राष्ट्रिय अनुसन्धान विभागमा राष्ट्रिय अनुसन्धान बिभागले ७५ जना कर्मचारी माग गरेको छ । सोमबार सूचना प्रकाशित गरी बिभागले अनुसन्धान अधिकृतमा २७ र अनुसन्धान सहायकमा ४८ जना माग गरेको हो। अधिकृतमा खुलातर्फ १५ जना र समावेशीतर्फ १२ माग गरिएको छ भने सहायकमा खुलातर्फ २६ र समावेशीतर्फ २२ जना माग गरिएको छ। अनुसन्धान अधिकृतमा स्नातक उतीर्णले दरखास्त दिन सक्नेछन् ।

सहायकका लागि प्रविणता प्रमाणपत्र तह उतीर्णले दरखास्त दिन सक्नेछन्। त्यस्तै अधिकृत तहमा २१ वर्षदेखि २५ वर्षसम्मका र सहायक पदमा १८ देखि २५ वर्षसम्मकाले दरखास्त दिन पाउनेछन्। महिलाहरु भने ३० वर्षसम्मकाले पाउनेछन्। विभागले प्रकाशित गरेको सूचना अनुसार आगामी ३० दिनभित्र साधारण दस्तुरमा र त्यसको सात दिनसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने जनाएको छ । इच्छुक नेपाली नागरिकले अनुसन्धान अधिकृतका लागि १ हजार रुपैयाँ र सहायकका लागि ३ सय रुपैयाँ तिरेर दरखास्त दिन सक्नेछन्।

0 comments:

Post a Comment