काठमाडौं,माघ १७ । लामो समयदेखि रक्सौल नाकामा अड्किएका सामान व्यापारीहरूले ठेलागाडाबाटै भित्र्याएका छन् । यसरी भित्रिएको सामानका कारण वीरगन्ज भन्सार कार्यालयका कर्मचारी शनिबार व्यस्त थिए । कार्यालयका अनुसार शनिबार मात्र ५० लाखभन्दा बढी राजस्व संकलन भएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ– सामान्य अवस्थामा यो कार्यालयबाट औसतमा दैनिक ३५ करोड राजस्व संकलन हुने गरेको कार्यालयका सूचना अधिकृत सुशील शर्माले बताए ।
पुलमुनिबाट सामान आयात
रक्सौल नाका शुक्रबार बिहान केहीबेर खुले पनि मधेसी मोर्चामा आबद्ध दलका नेता–कार्यकर्ताले ठप्प पारे । भारतबाट नेपाल पाँच ट्रक र नेपालबाट सात सवारीसाधन भारत गएपछि शुक्रबार बिहान १० बजेदेखि ठप्प वीरगन्ज नाकामा ठूला सवारीसाधन शनिबार पनि चलेनन् ।
शनिबार दिनभर नेपाल–भारत सीमाको मितेरी पुलमा आन्दोलनकारीको धर्नाका कारण नाका भने बन्द नै रह्यो । तर, मितेरी पुलमुनिको बाटो प्रयोग गरी ठेला र रिक्सामा सामान भित्र्याउन भने आन्दोलनकारीले अवरोध गरेका छैनन् ।


0 comments:
Post a Comment