काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भएको छ। महराको नेतृत्वमा पहिलो चरणमा गौरीशंकर चौधरी र दलजित श्रीपाली मन्त्री बन्ने भएका छन्। चौधरीले कृषि र श्रीपालीले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्।
गृह नपाएको झोकमा केसी मन्त्री बन्न मानेनन्, निधी र लेखकको मात्र सपथ
काठमाडौं,साउन २० । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले गृह मन्त्रालय नपाएपछि सपथ लिन गएनन् । प्रचण्ड सरकारमा कांग्रेसले पहिलो चरणमा पठाएको तीन मन्त्रीमा केसीको तयगरेपनि सभापति शेरबहादुर देउवालाई आफू मन्त्री नबन्ने खबर पठाएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले उनलाई रक्षा वा स्वास्थ्य मध्ये एक रोज्न भनेका थिए । देउवाले भने सरकारमा पार्टीको नेतृत्व गर्ने गरी विमलेन्द्र निधिलाई उपप्रधान एवं गृहमन्त्री दिएका छन् । केसीले मन्त्रिमण्डलमा कांग्रेसको नेतृत्व गरेर गएका बिमलेन्द्र निधिभन्दा आफू वरिष्ठ भएकाले कि त आफ्नो नेतृत्वमा कांग्रेस सरकारमा जानुपर्ने नभए आफूले गृहमन्त्रालय पाउनुपर्ने अडान लिएका थिए।
बिमलेन्द्र निधिको नेतृत्वमा यसअघि तीन जनाको सपथ हुने भनिएपनि अर्जुननरसिंह केसीको मन्त्रीबन्न नमानेपछि निधी र रमेश लेखकले मात्र आज पद तथा गोपनियताको सपथ लिने भएका छन्। निधिले उपप्रधानसहित गृह र लेखकले भौतिक योजना मन्त्रीको सपथ लिँदछन्।
प्रचण्डलले लिए देश र जनताका नाममा सपथ, आजै कार्यभार सम्हाल्ने
काठमाडौं,साउन २० । नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मुलुको ३९ औं प्रधानमन्त्रीका रूपमा पद तथा गोपनियताको सपथ लिएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा प्रचण्डलाई सपथ खुवाएकी हुन् । दाहालले देश र जनताका नाममा सपथ लिएका छन्।
सपथ ग्रहण कार्यक्रममा दाहाल भादगाउँले टोपी, सर्ट,पाइन्ट र कोटमा सजिएका थिए।सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरु, सभामुख, प्रधानन्यायाधीश, संवैधानिक अंगका प्रमुखहरु, सुरक्षा अंगका प्रमुखहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु लगायत सहभागी थिए । प्रचण्ड यसअघि २०६५ सालमा पनि प्रधानमन्त्री बनेका थिए । उनी दुईपटकसम्म प्रधानमन्त्री बन्ने नेपालको पहिलो कम्युनिष्ट नेता बनेका छन् ।
‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित,को हुन प्रचण्ड ?
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री पदमा निर्वाचित भएका छन्। कुल खसेको ५७३ मतमा ३६३ मत पाएर प्रचण्ड मुलुकको ३९औं प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । बुधबार संसदमा भएको मतदान पश्चात सभामुख ओनसरी घर्तिमगरले प्रचण्डलाई प्रधानमन्त्रीमा निर्वाचित भएको घोषणा गरिन्। संसदमा हाल कायम रहेका ५९५ सदस्य मध्ये कुल खसेको ५७३ मतको ३६३ मत पक्षमा र २१० मत विपक्षमा खसेको थियो । एमाले, राप्रपा नेपाल, नेकपा माले, नेमकिपा, नेपाल समता पार्टी लगायतका २१० सांसदले विपक्षमा मतदान गरेका थिए।
उनलाई कांग्रेस, मधेसी मोर्चा लगायतका दलले निर्वाचित गरेका हुन्। प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएको यो दोस्रो पटक हो । यसअघि २०६५ सालमा पनि प्रचण्ड प्रधानमन्त्री बनेका थिए । गणतान्त्रिक नेपालमा दुईपटक प्रधानमन्त्री बन्ने प्रचण्ड पहिलो कम्युनिष्ट नेतासमेत बनेका छन् ।
नाम : पुष्पकमल दाहाल प्रचण्ड
(कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहालबाट नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामाकरण गरिएको, भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, प्रचण्ड, निर्माण, प्रचण्ड)
बाबुको नाम : मुक्तिराम दाहाल
–आमाको नाम : भवानी दाहाल
–श्रीमति : सीता दाहाल (२०२६ मा विवाह)
–जन्मस्थान : ढिकुर पोखरी गा.वि.स., वार्ड नं. २, लेवाडे, कास्की, गण्डकी अञ्चल
–जन्म मिति : २०११ साल मंसिर २६ गते
–६ बहिनी, २ भाईमध्ये पहिलो सन्तान
–बसाँइ सराई २०१९ सालमा ढिकुर पोखरी –२ बाट चितवन भरतपुर, शिवनगर गा.वि.स.मा भएको ।
– छोरीहरु : ज्ञानु दाहाल, रेणु दाहाल, गंगा दाहाल
–छोरा : प्रकाश दाहाल
–भाई : गंगाराम दाहाल
– बहिनीहरु
– अप्सरा भण्डारी, सिता अधिकारी, कमला पौडेल, विष्णु भण्डारी, सरस्वती पाठक
– प्राथमिक शिक्षा : महेन्द्र प्राथमिक विद्यालय, ढिकुर पोखरी
–माध्यामिक शिक्षा : नारायणी विद्या मन्दिर मा.वि., शिवनगर
– आई.एस्सी. : पाटन संयुक्त क्याम्पस
– वि. एस्सी., एजी.: रामपुर कृषि क्याम्पस
–अध्यापन : नारायणी विद्या मन्दिर मा.वि., शिवनगर, डण्डा मा.वि., नवलपरासी, भीमोदय मा.वि., आरुघाट, गोरखा
–कर्मचारी सेवा : यू.एस.एड ०३२
राजनैतिक जीवन :
२०२८ सालमा पुष्पलाल समूहमा पार्टी सदस्यता
२०३१ सालमा माक्र्सवादी अध्ययन समूहको गठन
२०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश ÷ २०३५ सालमा पूर्णकालीन
२०३६ सालमा चितवन जिल्ला समिति सदस्य निर्वाचित
२०३८ सालमा क्षेत्रिय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको महासचिव
भूमिगत जीवन २०३८ सालदेखि २०६३ सालसम्म
२०४० सालमा अखिल नेपाल युवक संघको केन्द्रीय समितिको अध्यक्ष
२०४१ सालमा ने.क.पा. (मशाल) को केन्द्रीय समिति सदस्यमा निर्वाचित – पाँचौ महाधिवेशनबाट
२०४२ सालमा ‘मशाल’को केन्द्रीय समितिको पोलिटव्युरो सदस्य
२०४६ सालमा ने.क.पा. (मशाल)को महामन्त्री
२०४८ सालमा ने.क.पा.(एकता केन्द्र) को महामन्त्री
२०५१ सालमा ने.क.पा.(माओवादी) को महामन्त्री
२०५७ सालमा दोश्रो राष्ट्रिय सम्मेलनबाट ने.क.पा.(माओवादी)को अध्यक्ष
२०५८ सालमा जनमुक्ति सेना, नेपालको सर्वोच्च कमाण्डर
२०६३ साल असार २ गते काठमाण्डौंमा भूमिगत जीवनबाट सार्वजनिक
२०६४ चैत्र २८ मा भएको संविधानसभा निर्वाचनामा काठमाडौं १० रोल्पा २ वाट विजय
२०६५ साउन ३१ मा गणतान्त्रिक नेपालको प्रथम निर्वाचित प्रधानमन्त्री
२०६६ बैशाख २० मा प्रधानमन्त्रीवाट राजीनामा
२०६९ मा हेटौडा महाविधेशनबाट पार्टी अध्यक्ष
२०७० मा भएको दोस्रो संविधानसभा चुनावमा सिराह–५ बाट विजयी
२०७१ विराटनगर सम्मेलनबाट पार्टी अध्यक्ष
२०७३ जेठमा पार्टी एकता, पार्टीको नाम माओवादी केन्द्र
२०७३ साउन १८ मा प्रधानमन्त्रीका लागि मनोनयन दर्ता
२०७३ साउन १९ मा प्रधानमन्त्री निर्वाचित
प्रचण्ड प्रधानमन्त्रीमा दोहोरिने पहिलो कम्युनिस्ट नेता
काठमाडौं,साउन १९ । प्रधानमन्त्री दौडमा एकल प्रतिस्पर्धामा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधवार निर्वाचित भए उनले प्रधानमन्त्रीमा दोहोरिने पहिलो कम्युनिस्ट नेता हुनेछन्। नेपालमा प्रजातन्त्रयता पाँच कम्युनिस्ट प्रधानमन्त्री बनेपनि कोही दोहोरिन पाएका छैनन्। नागरिक दैनिकमा समाचार छ।
२०५१ सालको मध्इावधिमा सबैभन्दा ठूलो दल बनेपछि नेकपा एमालेका अध्यक्ष मनमोहन अधिकारी देशका पहिलो कम्युनिस्ट प्रधानमन्त्री बनेका थिए। ९ महिना अल्पमतको सरकार चलाएर चर्चाको शिखरमा पुगेका अधिकारीपछि कम्युनिस्ट पार्टीले देशको नेतृत्वका लागि करिब १४ वर्ष कुर्नु परेको थियो।
विभिन्न कालखण्डमा नेकपा एमाले र नेकपा माले संयुक्त सरकारमा सहभागी भएपनि पहिलो संविधानसभाको निर्वाचनपछि मात्रै दोस्रो पटक सरकारको नेतृत्व गर्ने अवसर कम्युनिस्ट पार्टीले पाएको थियो। त्यतिबेला तत्कालीन एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड नेतृत्वमा सरकार बनेको थियो। त्यो सरकार पनि ९ महिनाभन्दा बढी टिक्न सकेन।
निधिको नेतृत्वमा कांग्रेस सरकारमा जाने
काठमाडौं,साउन १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारमा नेपाली कांग्रेसका तर्फबाट नेता विमलेन्द्र निधिले पार्टीको नेतृत्व गर्ने भएका छन्। नयाँ गठबन्धन निर्माणमा सक्रिय नेता निधिलाई नै सभापति शेरबहादुर देउवाले नेतृत्वसहित सरकारमा पठाउने तयारी गरेका हुन्।
प्रधानमन्त्रीको सपथसँगै कांग्रेसका तर्फबाट निधिसहित केही नेताले सपथ लिने देउवा निकट स्रोतको दाबी छ। बाँकी मन्त्रालयमा भने पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघका महाधिवेशनपछि मात्र मन्त्री पठाउने देउवाले आन्तरिक गृहकार्य गरेका छन्।
‘पहिलो चरणमा पार्टीका तर्फबाट २/३ जनाको संख्यामा सरकारमा सहभागी गराउने तयारी छ,’देउवानिकट स्रोतले भन्यो,‘बाँकी मन्त्रालयमा केही समयपछि मात्र मन्त्री सहभागी हुनेछन्।’ एकैपटक मन्त्री पठाउँदा त्यसको असर नेविसंघ महाधिवेशनमा पर्नसक्ने भन्दै देउवाले चरणबद्ध रुपमा पठाउने रणनीति बनाएको स्रोतको दाबी छ। नागरिक दैनिकमा समाचार छ।
गच्छदार र थापालाई मन्त्री नबनाउन मोर्चाको दबाब
काठमाडौं,साउन १९ । मधेसी मोर्चाका नेताले सरकारमा राप्रपा नेपाल र लोकतान्त्रिक फोरमलाइ नल्याउन अनौपचारिक रुपमा दबाब दिएका छन् । उनीहरुले कमल थापा र विजय कुमार गच्छादारलाई मन्त्री बनाए सरकारमा सहभागी नहुने सर्त समेत राखेको स्रातको भनाइ रहेको आजको राजधानी दैनिकमा समाचार छ ।
तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंगलबार राप्रपा नेपालका अध्यक्ष कमल थापालाई टेलिफोन गरी सरकारमा आउन आग्रह गरेका थिए । उनले थापालाई वर्तमान सरकारमा सम्हालेको जिम्मेवारीकै हैसियत दिन तयार रहेको बताएका थिए । राप्रपा नेपालले सरकारमा जाने की नजाने भनेर निर्णय गरेको छैन । गच्छदारको पार्टीले भने सरकारमा जाने निर्णय गरिसकेको छ । मधेसी मोर्चाका नेताले प्रचण्डलाई सरकारमा ल्याए आफूहरु सरकारमा नजाने बताएका थिए ।