अनु आचार्य-रसुवा,बैशाख २३ । रसुवामा एउटा चितुवा मृत अवस्थामा भेटिएको छ । धैबुङ गाविस वडा नं ५ स्थित ढाड भन्ने स्थानमा स्थानियले देखेपछि सुरक्षाकर्मि र निकुञ्जको टोलिलाई खबर गरेका थिए । लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ति जंगलमा भेटिएको मृत भाले चितुवाको मुचुल्का गरि सुरक्षित स्थानमा पुरिएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।
मृत चितुवाको दुई मिटर लम्बाई र ६५ सेन्टीमिटर उचाई रहेकोे जनाएको छ । मृत चितुवा बुढो रहेको र काल गतिले मृत्यु भएको हुनसक्ने प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताउनुभएको छ ।


0 comments:
Post a Comment