कांग्रेस नेता नरहरि आचार्यको स्वास्थ्यमा क्रमिक सुधार

By

काठमाडौं,माघ २८ । मस्तिष्क घातपछि न्यूरो अस्पताल बाँसबारीमा उपचाररत नेपाली कांग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यको स्वास्थ्य अवस्था अझै गम्भीर र स्थिर रहेको बताइएका छन् । उनको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूले विज्ञप्ति निकालेरै प्रकाश पारेका हुन् ।

चिकित्सकले ‘अब्जरभेसन’ मा करिब १८ घण्टासम्म रक्तचाप र पल्स स्थिर रहेको जनाएका छन् । ‘उहाँ विगतमा भन्दा थप अलर्ट हुनुहुन्छ र पनि दायाँ पाटोमा देखिएको प्यारालाइसिस कायम छ भने बोली फर्किएको छैन’, अस्पतिालद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। मंगलबार साँझ सिटी स्क्यान गरेर हेर्दा रगतको थेग्लोको आकार र पानीको मात्रा दुवै नबढेको पाइएको विज्ञप्तिमा उल्लेख छ ।

चिकित्सकका अनुसार मस्तिष्कको भित्री भागमा भएको चोटबाट निम्तिएको रगत बोली नियन्त्रण गर्ने भागमा गएर जमेको छ । त्यसैकारण बोली बन्द र एकातर्फको भाग नचल्ने बनाएको छ । चार दिनदेखि एक साताभित्र थप रक्तश्राव नभए वा अन्य समस्या नदेखिए सुधारको सम्भावना बढ्ने चिकित्सकले बताएका छन् । पार्टी सभापति सशुील कोइराला निधनको खबरसँगै निवास पुगेको अवस्थामा आचार्य अचानक बेहोस भएर ढलेपछि मंगलबार सुरुमा गंगालाल र पछि न्युरो अस्पताल लगिएको थियो ।

0 comments:

Post a Comment