काठमाडौं,माघ २७ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको शवयात्रा गरि राजकीय सम्मानसहितको अन्त्येष्टि गरिएको छ । बुधबार साँझ कोइरालालाई उनका भतिजाहरू अतुल र सुधांशुले दागबत्ति दिएका छन्। कोइरालाका भतिजा एवंम् उनका निजी सहयोगी अतुल र सुधांशु कोइरालाले संयुक्त रुपमा दागवत्ति दिएका हुन्।
कोइरालाको बिदाईमा नेपाली सेनाले सलामी अर्पण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आर्यघाट पुगी कोइरालाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाई अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए । कोइरालालाई अन्तिम श्रद्धाञ्जलि दिन सभामुख, पूर्व प्रधानमन्त्रीहरु, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु तथा विभिन्न राजनीतिक दलका नेता तथा विभिन्न देशका कूटनीतिक नियोगका प्रतिनिधि पशुपति आर्यघाट पुगेका छन् ।
कोइरालाप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्ने क्रममा नातेदार, पार्टीका नेता एवम् कार्यकर्ता तथा हजारौं सर्बसाधारण आर्यघाटमा जम्मा भएका छन् । अविवाहित कोइरालालाई उनका दाइ विनोद कोइरालाका छोरा अतुल र भाइ अरुण कोइरालाका छोरा सुधांशुले पशुपति आर्यघाटमा मुखाग्नी दिएका हुन।


0 comments:
Post a Comment